Rule 86
तलब भत्ता पाउने अन्य अवस्था
(१) एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा वा
बढुवा भएको कर्मचारीले साविक कार्यालय छाडि हालको कार्यालयमा बहाली गर्न यस
नियमावली बमोजिम पाउने तयारी म्याद सात दिन र बाटोको म्यादको लागि सरुवा वा
बढुवा भएको पदको पद अनुसार हालको कार्यालयबाट तलब (स्थानीय भत्ता बाहेक)
पाउनेछ ।
(२) एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा, बढुवा वा नयाँ नियुक्ति भएको
कुनै कर्मचारीलाई हालको कार्यालयमा बहाल हुन नपाउँदै नेपाल सरकारले कुनै तालिम
दिने वा अरू कुनै सरकारी काममा लगाउने निर्णय गरेमा सो अवधिको लागि सरुवा,
बढुवा वा नयाँ नियुक्ति भएको पद अनुसारको तलब (स्थानीय भत्ता बाहेक) दिइनेछ ।